काठमाडौमा मुटु रोगको उपचार गराइरहेका एक पाकिस्तानी कैदी प्रहरीलाई छक्याएर फरार

काठमाडौ – प्राप्त समाचार अनुसार मुटु रोगको उपचार गराइरहेका एक पाकिस्तानी कैदी प्रहरीलाई छक्याएर भागेका छन् । काठमाडौ केन्द्रीय कारागारमा खोटाचलन मुद्धामा थुनिएका पाकिस्तानी नागरिक मोहम्मद जमिल गंगालाल अस्पतालबाट आइतबार राति साढे ११ बजे भागेका हुन् ।

थाहा भए अनुसार चैत ८ गते कारागारमा रहेका बेला अचानक बेहोस भएपछि जमिललाई कारागार प्रशासनले वीर अस्पताल पठाएको थियो । त्यही दिन दिउँसो वीरले ‘मुटुको भल्ब बिगि्रएको गम्भीर’ प्रकृतीको बिरामी भन्दै तुरुन्त गंगालालमा रिफर गरेको प्रहरी स्रोतले बतायो । १२ गते सम्म सिसियूमा उपचार गराइरहेका उनको सोमबार अप्रेसन गर्ने तयारी भएको थियो ।

प्रहरीले पाकिस्तानी नागरिक भएका कारण एक असईको कमाण्डमा ५ प्रहरी ४३ वर्षीय जमिलको सुरक्षा खटाएको थियो ।

‘राती ११ बजेर २५ मिनेट जाँदा शौचालय जाने भनेपछि प्रहरीले शौचालय पठाइदिएको थियो’ महानगरीय प्रहरी आयूक्तको कार्यालयका एक प्रहरी अधिकृतले भने ‘शौचालयको झ्यालबाट भागेछ ।’