पाणिनिमा राष्ट्रीय स्वतन्त्र पार्टी र माओवादी केन्द्रद्वारा गाउपालिकामा ज्ञापनपत्र, आन्दोलनको तयारी । (तस्बिर सहित)

 

-डिआरजी सुमन

दुर्गाफाँट, अर्घाखाँची डटकम् ।
पाणिनि गाँउ पालिका भित्र देखिएका विविध प्रकारका बेथितिहरुमा आपत्ति जनाउदै राष्ट्रीय स्वतन्त्र पार्टी पाणिनि र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रतिनिधि मण्डलले सामूहिक रूपमा पाणिनि गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेलाई ज्ञापनपत्र वुझाएको छ ।

पाणिनि गाँउ पालिका भित्र भएका वेथिति र अनियमितता विरुद्ध कडा आन्दोलनको तयारी रहेका दुवै दलले संयुक्त आन्दोलन का कार्यक्रम तय गर्ने वताउदै आठ दिनको म्याद दिएर हालै कांग्रेस र एमाले को प्रतिनिधित्व मात्र रहनेगरी गठन गरिएको पाणिनि शिक्षा समिति खारेजीको माँग सम्बोधन हुनुपर्नेमा जोड दिएको छ ।

May be an image of 8 people and text

पाणिनि गाँउ “पालिका प्रशासन तथा कार्यपालिका करिब करिब रमिते जस्तो देखिएको छ” भन्ने विषयमा समेटिएको ज्ञापन पत्रमा “बाटोघाटो खन्ने नाममा कार्यकर्ता र ठेकेदार पोस्ने, कालोबजारी नियमन गर्न नसक्नु, दैनिकरुपमा विदेशिने क्रमलाई रोक्न नसक्नु, कृषि क्षेत्र अस्त व्यस्त हुनु, पाणिनि गा.पा. को कुल ग्राहस्त उत्पादन घट्नु, प्रतिनिधिमुलक घटनाक्रमहरु हुन “ भन्ने विषयमा आपत्ति जनाईएको छ ।

दुवै दलको संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा “गाँउ पालिका र वडाले गठन गर्ने” उपभोक्ता समितिमा आफ्‌नै कार्यकर्ता वि.व्य.स. मा आफ्‌नै कार्यकर्ता शिक्षक नियुक्तीमा आफ्‌नै कार्यकर्ता भर्ती एउटा सामान्य मौरिको घार देखि ठुला ठुला योजना पनि आफ्‌नै कार्यकर्तालाई सुम्पदा पालिका प्रशासन निरिह रुपमा प्रस्तुत भएको देखिन्छ ।” भनिएको छ । यसमा आफ्नै कार्यक्रमको रुपमा कांग्रेस र एमाले लक्षित गरिएको वताईएको छ ।

May be an image of 8 people and text

पाणिनि गाँउ कार्यपालिका वैठकमा “मिति २०८१ असोज २० गते गाउँपालिका स्तरीय शिक्षा समिति पनि उपरोक्त कुराहरुको अपवाद बन्न सकेन र एमाले तथा कांग्रेसको भर्तिकेन्द्र बनाइएको कुरामा हामी तपसिलका दलहरुको गम्भीर ध्यानाकर्षण भएको कुरा जानकारी गराउन चाहान्छौं भनि लेखिएको ज्ञापन पत्रमा “हतार हतारको रुपमा बनाइएको उक्त शिक्षा समिति प्रति हाम्रो घोर आपत्ति रहेकोले उक्त शिक्षा समितिलाई तुरुन्तै खारेज गरि सर्वदलीय र सर्ब पक्षीय शैक्षिक क्षेत्रलाई पुर्नसंगठित हुने गरी पुननिर्माण गर्न जोडदार माग गर्दै एक हप्ता भित्र सुनुवाई नभएमा हामी तपसिलका दलहरु कडा आन्दोलनमा जानुपर्ने बाध्यतालाई समेत हामी अनुरोध गर्न चाहान्छौं ।” भन्ने विषय उल्लेख गरिएको छ ।

May be an image of 3 people, dais, newsroom and text

पाणिनि गाँउ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लाई संयुक्त रुपमा ज्ञापन पत्र वुझाउन २०८१ अश्विन ३० गते वुधवार विहान ११:२० वजे नेकपा माओवादी केन्द्रको ईन्चार्ज भोजराज घिमिरेको नेतृत्वमा बुद्धि जि.सी. ,सौकत अली को उपस्थिति रहेको थियो भने राष्ट्रीय स्वतन्त्र पार्टी पाणिनि सभापति बाबुराम घिमिरे (भुवन) को नेतृत्वमा माधवराज पोखेलको उपस्थित रहेको थियो ।

May be an image of 5 people and text

पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको कार्यकक्षमा भएको छलफलमा यथाशीघ्र समस्या समाधान गर्न पालिका अध्यक्ष सँग समन्वय गर्ने प्रतिबद्धता ज़ाहिर गर्दै थप आन्दोलन आवश्यक नरहने आशय पाएकोले कार्तिक ०८ सम्म कुनैपनि आन्दोलनमा नजाने राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति भूवनले ज्ञापन पत्र वुझाए पछि पत्रकारसँगको अन्तर्वार्ता मा वताउनु भएको छ ।

May be an image of 6 people and text

आठ दिनको म्याद दिईएको छ यदि समयमा समस्या समाधान नभएमा अनिश्चित कालीन धर्ना लगायतको थप आन्दोलन का कार्यक्रम तय गरिने नेकपा माओवादी केन्द्र का ईन्चार्ज भोजराज घिमिरे संकरले वताउनु भएको छ । पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत को कार्यक्रम कक्षमा भएको छलफलले समस्या आन्दोलन तर्फ जाने वा नजानेमा यसै भन्न नसकिने अवस्था रहेको छ ।

 तस्वीर – डिआरजी सुमन,अर्घाखाँची डटकम् ।

May be an image of 6 people and text

May be an image of 2 people and dais

May be an image of 3 people

May be an image of 3 people

May be an image of 8 people and text

 

अन्य समाचारहरु