उपनिर्वाचनमा तीनै पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने

 

काठमाडौं– दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ।

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको छ।

कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ। तीनै पालिकामा उपप्रमुख महिला छन्। त्यसैले ती वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन्।

नलगाड नगरपालिका, जाजरकोट, गौरीशंकर गाउँपालिका, दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ। तीन वटै पालिकामा हाल प्रमुख पुरुष छन्। निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले महिला उम्मेदवार उठाउनुपर्ने छ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

निर्वाचन कानुनमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला उठाउनुपर्छ। त्यसअनुसार नै दलहरुले उम्मेदवारी दिएका थिए। तर अहिले एउटा मात्र पद रिक्त भएर उपचुनाव हुन लागेको छ। यसमा महिलाको उम्मेदवार अनिर्वाय हुन्न।

-एनपी