जपानको पूर्वी तटीय क्षेत्रमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प जारी गरिएको सूनामीको चेतावनी फिर्ता

जपानको पूर्वी तटीय क्षेत्रमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएपछि जारी गरिएको सूनामीको चेतावनीलाई जपान सरकारले फिर्ता लिएको  छ।

 

भूकम्पका कारण अहिलेसम्म कुनै जनधनको क्षति भएको खबर प्राप्त भएको छैन। यस अघि अधिकारीहरुले सूनामीका कारण आधा मिटर उचाइसम्मको समुद्रको छालले तटीय क्षेत्रमा विनाश मच्चाउन सक्ने भन्दै  उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेका थिए।

 

अमेरिकी भूगर्भ विभागका अनुसार जपानको समय अनुसार आज विहान ७ बजेर २३ मिनट जाँदा भूकम्प गएको हो।

 

भूकम्पको केन्द्रविन्दु होन्सू क्षेत्रको पूर्वी तट नजिकै रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। गत ११ मार्चको शक्तिशाली भूकम्पका कारण तहसनहस बनेको जपानमा पुनः भूकम्पको शक्तिशाली झड्काले मानिसलाई भयभित र त्रसित बनाएको छ।