मुम्बइ आक्रमण लगायतका विवादित मुद्दामा भारत र पाकिस्तानका गृहसचिवहरुको वार्ता दिल्लीमा सुरु

भारत र पाकिस्तान बीच गृहसचिब स्तरिय वार्ता नयाँ दिल्लीमा सुरु भएको छ। वार्तामा भारतका गृहसचिब जीके पिल्लाइ र उनका पाकिस्तानी समकक्षी चौधरी कमर जमान नेतृत्वको प्रतिनिधी म48डल सहभागि छ। गृहसचिब स्तरिय वार्तामा आगामी मार्च तीसमा हुने दुई देशका प्रधानमन्त्रीको भेटवार्ता, आतंकवाद, मुम्वई आक्रमण, नक्कली रुपैयाँको कारोबार लगायतका मुद्धाले प्राथमिकता पाउने बताइएको छ।

 

पाकिस्तानका गृहसचिब चौधरीले छ सदस्यीय प्रतिनिधी म48डलको नेतृत्व गर्दै नयाँ दिल्ली आएका छन्। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतमा हुन लागेको विश्वकप क्रिकेटको सेमिफाइनल खेल अवलोकन गर्न आफ्ना पाकिस्तानी समकक्षी युसुफ रज्जा गिलानीलाई आमन्त्रण गरे बमोजिम गृहसचिव स्तरिय वार्ता भएको हो। सन् दुइहजार आठको नोभेम्वरमा भारतको आर्थिक राजधानी मुम्बइमा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानसँगको सम्पूर्ण वार्ता स्थगित गरेको थियो।

 

 गत वर्षको फ्रेबुअरीमा भुटानमा भएको सार्क शिखर सम्मेलनमा गिलानी र सिंहले वार्तामार्फत विवादित मुद्धा सल्टाउने सहमति गरेका थिए। यसैबीच, बुधवार हुने भारत र पाकिस्तान बीचको  विश्वकप क्रिकेट अन्तरगतको सेमिफाइनल खेललाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा बनाइएको छ।