लिबिया सरकारका प्रवक्ता मुसा इब्राहिमले गठबन्धन फौजले लिबियामाथि गरेको सैनिक हमला”संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदद्बारा निर्धारित निर्णय”लाई उल्लंघन गरेको बताउनुभएको छ। श्री मुसा इब्राहिमका अनुसार गठबन्धन फौजले यस 26 तारिख राति निरन्तर रुपमा लिबियालाई गरेको वायु आक्रमणबाट ठूलो परिमाणमा लिबियाका सेना र नागरिक हतातह भएको छ।
यसका अतिरिक्त फ्रान्स र अन्य मुलुकका केही विज्ञले सैनिक गतिविधिले लिबियाको संकटको समाधान गर्नसक्दैन भन्ने ठहर लिएका छन। उनीहरुका विचारमा सैनिक गतिविधिबाट अन्तर्राष्ट्रिय समाजमा नकारात्मक प्रभाव ल्याउने छ।