राष्ट्रिय जनमोर्चा धनचौरको अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न।

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।

कार्तिक–०२,अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान–१०, धनचौरमा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

 

राजमो धनचौरका अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष जित बहादुर गुरुङको स्वागत मन्तव्य र सचिव भिमलाल भुसालको संचालनमा मंगलबार सम्पन्न कार्यक्रममा क्रियाशिल अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य र भूमिकास्थान–४ का निर्वाचित वडाध्यक्ष बाबुराम पन्थीले समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण मुलक सम्बोधन गर्नुभएका उहाँहरुले सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुसंग सचेत हुन अपिल गर्नुभएको छ ।

गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघियताको खारेजी अपरिहार्य भएको उहाँहरुको भनाई छ । भ्रष्टाचारलाई संरक्षण गरेर सरकारवादी दलहरुले गणतन्त्रकै बदनाम गराएको उहाँहरुको आरोप छ ।

कार्यक्रममा अन्टुक भूमिकास्थान नगर अध्यक्ष तिलकराम भट्टराई, जेष्ठ सदस्य बिर बहादुर खत्री, राजमो क्रियाशिल सदस्य भिम गुरुङ, अखिल नेपाल युवक संघका नेताहरु मोति भट्टराई, मधु रेग्मी, ओम प्रकाश पाण्डे र माधव भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

अन्य समाचारहरु