भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीले यस 30 तारिखमा भारतको मोहालि गइ भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग त्यहाँ हुनलागेको भारत तथा पाकिस्तानबीचको विश्व कप क्रिकेटको सेमीफाइनल खेल हेर्नुहुने कार्यक्रम रहेको छ।
पाकिस्तानका प्रधानमन्त्रीको यस भारत भ्रमणबारे भारतको हिन्दूस्थान समाचार-पत्रले श्री युसुफ राजा गिलानीले पाकिस्तानको भूतपूर्व राष्ट्रपति पर्वेज मुशरफले सन 2005मा नयाँ दिल्लीमा क्रिकेट खेल हेर्नुभएपछि छ वर्षको अवधिमा पाकिस्तानका नेताको रुपमा भारतको भ्रमण गर्न लागेको यो पहिलो पटक हो। यस “क्रिकेट कूटनीति”बाट भारत र पाकिस्तानबीचको सम्बन्धलाई सुधार्न हितकर हुने छ भनी लेखेको छ।
भारतको नव भारत टाइमसमा प्रकाशित एक लेखअनुसार पाकिस्तानका प्रधानमन्त्रीको भारत भ्रमणमा भारतको स्वागत छ। यी दुबै मुलुकबीचका केही मतभेद रहेता पनि भारतीय जनताले पाकिस्तानका जनताप्रति विशेष भावना रहेको छ।