फुकुशिमा-केनको आणविक केन्द्रको मेशिन समूहबाहिरको इनारमा रहेको पानी समुद्रमा चुहावट नभएको उल्लेख

टोकियो विद्युत केन्द्रले हिजो फुकुशिया-केनको प्रथम आणविक केन्द्रका केही मेशिन समूहबाहिरको इनारमा रहेको विकिरणयुक्त पानी जाँचेर प्रमाणित भएको र हालसम्म उक्त विकिरणयुक्त पानी समुद्रमा चुहावट नभएको तर विकिरणयुक्त पानी त्यहाँबाट कसरी हटाउने भन्ने विषयका लागि कुनै पनि ठोस उपाय नभएको जनाएको छ।

      अन्तर्राष्ट्रिय परमाणविक ऊर्जा एजेन्सीका महाप्रबन्धक युकिओ आमानोले जापानले बिजुलीको पुनःप्रयोगमा प्रगति हासिल गरेता पनि जापानी आणविक केन्द्रको स्थिति निकै गम्भीर भएको र उक्त सङ्कट पार गर्न धेरै दिन चाहिने बताउनुभयो।

      जापानी प्रधानमन्त्री नाओटो कानले जापानी सिनेटको बैठकमा सम्बन्धित प्रश्नको जवाफ दिंदै आणविक केन्द्रको वर्तमान स्थिति अनुमानभन्दा गाह्रो भएको तर जापान सरकारले उक्त संकटको सामना गर्नैपर्ने बताउनुभयो।

      यसै गरी जापानलाई जरुरी सहायता दिनका लागि चीन सरकारले आज बीस टन तेल पठाएको छ। त्यो तीन-चार दिनपछि जापान पुग्ने अनुमान गरिएको छ। साथै चीनले जापानलाई सहायता दिएको तीन लाख चिनियाँ युआन बराबरको उद्धार सामग्री हिजो राती जापान पुगेको छ।


      जापानको प्रहरी कार्यालयका अनुसार, आज बेलुकी छ बजेसम्म जापानको उत्तर-पूर्वी भागको समुद्री क्षेत्रमा गएको विनाशकारी भूकम्प तथा त्यसबाट भएको सुनामीमा परी एघार हजार एक सय दुइ जनाको मृत्यु हुनुका साथै सोह्र हजार चार सय त्रियान्नब्बे जना बेपत्ता भएका छन्।