काठमाडौँ – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाले आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहने छन् ।