अफ्गानिस्थानस्थित अमेरिकी सेनाले जानी-जानीकन नागरिकलाई मारेकोमा अफ्गानिस्तानी राष्ट्रपतिको निन्दा

अफ्गानिस्तानका राष्ट्रपति हामिद कार्जाइले 30 तारिख राजधानी काबुलमा गत वर्ष अफ्गानिस्तानस्थित अमेरिकी सेनाले जानी-जानीकन एक अफ्गान युवकलाई मारेको र यसबाट अफ्गानिस्तानका जनताका भावनामा गहन रुपमा नकारात्मक प्रभाव परेको बताउनुभएको छ। उहाँले अमेरिकी सेनाको उक्त गतिविधिको कडा निन्दा गर्नुभएको छ।

      यस महिना 28 तारिख अमेरिकाको रोलिङ्ग स्टोन पत्रिकाले अफ्गानिस्तानस्थित अमेरिकी सेनाले अफ्गान युवकलाई मारेका केही फोटोहरु सार्वजनिक गरेको थियो। त्यसपछि अमेरिकी सेनाले वक्तव्य प्रकाशित गर्दै हाल यस घटनाका सम्बन्धीत अमेरिकी सैनिक अदालतको सुनवाईमा रहेको जनाएको छ।