अर्घाखाँचीमा संचारको गुणात्मक फड्को

– बिनोद गैरे

 


अर्घाखाँची १७ चैत । एककल फोनका लागि २ दिनको बाटो िहंडेर सदरमुकाममा बास बसी आफ्ना आफन्तहरुसँग कुरा गर्न बाध्य भएका अर्घाखाँचीको दुर्गम ग्रामिण क्षेत्रहरुमा टेलिफोन सुविधा पुगेपछि स्थानीय वासीन्दा आधुनिक संचारको सुविधासँगै गाउ-गाउमा टेलिफोन सुविधा पुगेपछि खुशी भएका छन् ।


जिल्ला सदरमुकाम सन्धिखर्क र आसपासको बजार क्षेत्रमा लेण्ड लाइन फोन जडान गरीए पनि ४२ ओटै गा वि सका स्थानीय वासिन्दाहरु भने मोबाइल फोनबाटै भए पनि आफ्नो घरमै बसेर आफन्तसँग दुःख सुखका कुराकानी गर्न पाउदा दङ्ग भएका छन् ।


विदेशमा गएका आफन्तहरुसँग वर्षमा ३-४ पटक मात्र कुरा गर्न सदरमुकाम धाउने उनीहरु आजभोली सातसमुन्द्र पार गएका आफन्तसँग प्रायः दिनैपिच्छे कुराकानी हुने गरेको बताउछन् । १० १२ रुपैयाँ को खर्चमा एक पटकको कुरा हुन्छ मैले त दिनमा एक पटक श्रीमानसँग गर्छुू नुवाकोटकी लक्ष्मी गैरेले भन्नुभयो । द्वन्द्वको समयमा श्रीमानलाई फोन गर्न सन्धिखर्क झरेर ६ घण्टा लाईनमा बसी श्रीमान लाई फोन गरेको उहालाई भर्खरजस्तो लाग्छ हे भगवान अब त्यो दिन कहिले नआओसू- उनले स्मरणगदै भन्नुभयो ।


नुवाकोटकी लक्ष्मी मात्र होइन एक कल फोनका लागि ५ सय देखि १५ सय सम्म खर्च गरी सदरमकाममा आएको समयमा र घर फर्केपछि पाउने गरेको सास्ती सुनाउनेहरुको संख्या जिल्लामा कम्ति छैन माओवादी र सुरक्षाकर्मीको बीचमा २०४९ सालमा भिडन्त हुदा पुगेको क्षतीका कारण सदरमुकाममा संचालित सबै टेलिफोन लाइन अवरुद्ध भएपछि भि एच एफ प्रविधिबाट संचालित छ वटा फोन लाइन जिल्लामा ल्याएर मात्र प्रयोग गर्न पाउथे । गाउमा मोबाइल सेवा संचालन भएपछि निक्कै सजिलो भएको स्थानीय वासिन्दाहरुको भनाई छ ।


स्थानीय वासीन्दाहरुले टाढा रहेका आफन्तहरुसँग दुःख सुखको लागि मात्र होइन बजारमा सामानको मूल्य थाहा पाउन मेडिकल र अस्पतालमा स्वास्थ्यकर्मी छन् की छैनन्जानकारी लिनआफ्नो छोराछोरीको पढाईको बारेमा बुझ्न शहरमा बसेर पढ्ने छोराछोरीलाई बिहानै उठाउन कामको समयमा खेताला बोलाउन पनि मोबाइलकै प्रयोग गर्ने बताउछन् । सहि रुपमा मोबाइलको प्रयोग गरेमा निक्कै बढी फाइदा लिन सकिने भएपछि यदाकदा मोबाइल प्रयोगबाट हुने विकृतबाट भने उनीहरु सचेत हुन थालेका छन् । स्कूले विद्यार्थीहरुले मोबाइल प्रयोग गर्दा बढी दुरुपयोग भई स-साना बालबालिकाहरु बिग्रने चिन्ता लागेको उनीहरुको भनाई छ ।


जिल्लाको सन्धिखर्क पणेना बल्कोट अड्गुरी खन वाङ्ला अर्घा नुवाकोट असुरकोट र ठाडामा गरी एघार वटा बि टि एस टावर निर्माण गरी ३६ हजार नमस्ते पि्रपेड र १ सय पोष्टपेडको सिमकार्ड वितरण गरिएको नेपाल टेलिकपम अर्घाखाँचीले जनाएको छ । यसै गरी ठाडा खाचीकोट खन सन्धिखर्क गोखुङ्गा र मैदानमा गरी ६ वटा वि टी एस सि डि एम ए मोबाइलका टावर बनाएर १० हजार स्काइ फोनका सिमकार्ड वितरण गरिएको छ ।


अर्घाखाचीमा जिल्लाबाट वितरण गरिएका सिमकार्ड जत्तीकै संख्यामा स्थानीय वासिन्दाले छिमेकी जिल्ला रुपन्देही कपिलवस्तु गुल्मी र पाल्पा बाट पनि सिमकार्ड ल्याएर मोबाइल संचालन गरेको नेपाल टेलिकम अर्घाखाँचीका प्मुख गोविन्द पराजुलीले जानाकारी दिनुभएको छ । उहाँका अनुसार अर्घाखाचीमा करीब ८० हजार नमस्ते र स्काइका रिमकार्ड प्रयोगमा छन् । एउटै परिवारमा परिवारका सदस्य सबैले अलग-अलग सिमकार्ड राख्ने र एकै जनाले २-३ वटा नम्बर भएका मोबाइल राख्दा खर्च बढेको स्थानीय वासीन्दाको भनाई छ ।


कृषकहरुले दुध घिउ तरकारी बाख्रा पाठा बिक्री गरेर मोबाइल खरिद गरेको बताउछन् । स्कुल र कलेज पढ्ने विद्यार्थीहरुले खाजा खाने खर्च वचत गरेर मोबाइलमा रकम जम्मा गर्ने गरेको बताउछन् । मोबाइलमा इन्टरनेट जोड्ने प्रविधि भएकाले इन्टरनेट प्रयोगबाट निक्कै फाइदा लिन पाएको उपभोक्ताहरुको भनाई छ ।



अन्य समाचारहरु