– प्रेमनारायण आचार्य
अर्घाखाँची १७ चैत । शुद्ध नामावली स्वच्छ निर्वाचन फेाटो सहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्ला निर्बाचन कार्यलय अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा २ दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
सहायक नामदर्ता अधिकारीहरुकालागि संचालन गरिएको दुई दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमकॊ उद्घाटन प्रमुख जिल्ला अधिकारी शमभुप्रसाद मरासिनिले गर्नु भएको छ ।
कोहि नछुटुन कोहि नदोरिउन भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको बारेमा जिल्ला निर्बाचन अधिकृत शसिधर घिमिरेले जानकारी गराउनु भएको थियो ।
उद्घघाटन समारोहमा जिल्ला शिक्षा अधिकारी सुर्यप्रसाद भुसाल प्रहरी नायब उपरिक्षक बुद्धिराज गुरुंग कम्प्युटर ईन्जिीनीयर हेमराज जिसि पत्रकार प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रशिक्षक साबित्रा पौडेलले गर्नु भएको थियो ।