भारतको जनसख्या एक अर्ब एक्काइस करोड नाघेको तथ्याङ्क सार्वजनिक, जनसंख्या वृद्धीदर सत्र दशमलव छ प्रतिशत

भारतमा पछिल्लो पटक शुरु भएको जनगणनाको प्रारम्भिक प्रतिवेदनले त्यहाँको कुल जनसख्या एक अर्ब एक्काइस करोड दुई लाख पुगेको देखाएको छ। भारतको जनगणना आयोगले जनगणनाको प्रारम्भिक रिपोर्ट प्रस्तुत गर्दै देशमा जनसंख्या वृद्धीदर सत्र दशमलव छ प्रतिशत रहेको जानकारी दिएको छ।

 

राजधानी नयाँ दिल्लीमा सार्वजानिक गरिएको भारतको पन्ध्र औं जनगणना अर्न्तगत पहिलो र दोश्रो चरणको प्रारम्भिक तथ्याङ्क अनुसार पुरुष र महिलाको जनसंख्या क्रमशः बैसठ्ठी र अन्ठाउन्न करोड रहेको देखिएको छ। राजधानी दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा जनगणना आयुक्त सी चन्द्रमौलीले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेका हुन्। पछिल्लो तथ्याङ्कले हाल भारतको जनसंख्या अमेरिका, इन्डोनेशिया, ब्राजिल, पाकिस्तान र बंगलादेशको कुल जनसंख्या भन्दा पनि बढी रहको रहेको देखाएको छ।

 

विगत दश वर्षको अवधीमा भारतको जनसँख्या वृद्धिदर सत्र दशमलब छ प्रतिशतले वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ। विश्वको सबैभन्दा ठूलो जनसख्या रहेका चीन र भारत बीच वृद्धिदरमा भने असमानता रहेको छ। भारतमा पछिल्लो दश वर्षको अवधीमा लैङ्गीक अनुपात नौ सय तेत्तिसबाट बढेर नौ सय चालीस पुगेको पनि प्रारम्भिक जनगणनाले देखाएको  छ। सन् उन्नाइस सय एक्साठ्ठीमा भारतको जनसंख्यामा लैङ्गीक अनुपात दर हाल सम्म कै उच्च रहेको थियो। तर हाल बाल लैङ्गिक अनुपात दरमा कमि आएको देखिएको छ।

 

त्यसैगरी पछिल्लो जनगणनाका अनुसार भारतको साक्षरता दर दश प्रतिशतले वृद्धि भएको छ। भारतमा पुरुष र महिला साक्षरता प्रतिशत क्रमशः बयासी दशमलब एक र पैसठ्ठी दशमलब पाँच रहेको प्रतिवेदनमा उल्लेख छ।