बागलुङमा पौडी खेल्न गएका एक १४ बर्षीय बालकको खोलामा डुवेर मृत्यु

बागलुङ – बागलुङमा  पौडी खेल्न गएका यहाँका एक बालकको खोलामा डुवेर मृत्यु भएको छ । रेश-१ भीरमुनीका १४ बर्षीय विधान कार्की विहीवार दिउँसो स्थानीय साङखोलामा पौडी खेल्न गएको समयमा डुवेपछि मृत्यु भएको प्रहरीले बतायो ।

 

तीन जना साथी संगै पौडी खेल्न गएका कार्की पोखरीमा डुवेपछि घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए । त्यस्तै छिस्ती-२ खुर्सानीबोटका प्रकाश नेपाली बुधवार देखि बेपत्ता भएका छन् ।

 

कालीगण्डकी नदीमा पौडी खेल्न गएका १७ बर्षीय नेपाली अहिले सम्म सम्पर्कमा नआएको आफन्तले बताए ।