क्यानडाका प्रधानमन्त्री श्री स्टेफेन हार्परले क्यानडामा पुनः निर्वाचित कन्जरभेटिभ पार्टीको सरकारले युरोपेली संघ तथा भारतसँग द्विपक्षीय स्वतन्त्र व्यापार सन्धिलाई समयमै पूरा गर्ने लक्ष्य राखेको बताउनुभएको छ। उहाँले युरोपेली संघसँगको व्यापार सम्झौतालाई सन् 2012 सम्ममा र भारतसँगको सम्झौता सन् 2013 सम्म पूरा गर्ने लक्ष्य राखेको कुरा औँल्याउनुभयो।
श्री हार्परले चुनावी प्रचारका क्रममा क्यानडाको पूर्वी क्षेत्रमा पर्ने हालीफाक्समा बोल्दै भन्नुभयो- क्यानडा एक व्यापारिक मुलुक हो। विश्वभरिको सुरक्षित बजार र स्थायित्व पाए मात्र क्यानडाली व्यापारी तथा कामदारहरू समृद्ध भई सफल बन्न सक्नेछन्।
उहाँले अझ अगाडि भन्नुभयो- व्यापारिक सम्बन्ध सुदृढ र गहिरो पार्नु नै क्यानडाको पछिल्लो रणनीति हो। यसबाट नै जारी सङ्कटबाट मुक्त हुन सकिनेछ।