India v Sri Lanka – Cricket World Cup 2011 live!

न्युजिल्यान्डका चर्चित बलर रिचर्ड ह्याड्लीको टेस्ट क्रिकेटमा सर्वाधिक ४ सय ३१ विकेट लिने कीर्तिमानलाई सन् १९९४ मा भंग गरेपछि भारतका विश्वविजेता कप्तान कपिल देवले श्रीलंकाली टोलीको विषयमा भनेका थिए, ‘श्रीलंका आफ्नो देशभन्दा बाहिर कुनै खेल जित्ने हैसियत राख्दैन।’

 

कपिल देवले आवेगमा आएर त्यो प्रतिक्रिया दिएका थिएनन्। त्यतिबेला श्रीलंकाली क्रिकेटको अवस्था यति दयनीय थियो, ८० को दसकतिर प्रायः सबै टेस्ट राष्ट्र आफ्नो रेकर्ड सुधार्न श्रीलंकालाई आफ्नो देशमा खेल्ने निम्तो दिन्थे।

यसको सबभन्दा ठूलो फाइदा भारतले नै उठायो। अझ भनौं, सन् १९८३ मा भारतलाई विश्वकप उपाधि दिलाएका कपिल देवले ह्याडलीको कीर्तिमान भंग गर्न पनि श्रीलंकाकै सहारा लिए। टेस्ट जीवनको उत्तरार्द्धमा आइपुग्दा कपिललाई ह्याडलीको त्यो रेकर्ड तोड्न हम्मे परिसकेको थियो। तर, भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले श्रीलंकालाई घरेलु मैदानमा ३ टेस्ट खेल्ने निम्तो दिँदै कपिलको सपना पुरा गर्ने वातावरणमात्र तयार पारेन, एकपल्ट फेरि श्रीलंकालाई लज्जित तुल्याउँदै शृंखलामाथि ३-० को जित हात पार्‍यो।


कपिलले १७ वर्षअघि श्रीलंकाली टोलीमाथि गरेको त्यो टिप्पणी अहिले बिर्सिसके होलान्। किनभने, शुक्रबार एघारौं विश्वकपको सन्दर्भमा छोटो अन्तवार्ता दिने क्रममा उनी भन्दै थिए, ‘श्रीलंकासँगको एउटै पराजयले धोनीलाई कप्तान पदबाट निकाल्नु हुँदैन।’ उनको यो प्रतिक्रियाले स्पष्ट पारेको छ, शनिबार मुम्बईको वान्खडे रंगशालामा हुन लागेको भारत र श्रीलंकाबीचको फाइनल खेलको नतिजा जे पनि निस्कन सक्छ?


भारत र श्रीलंका तेस्रोपल्ट विश्वकप फाइनल खेल्दै छन्। दुवै टोलीले १/१ पल्ट विश्वकप जितिसकेका छन्। कपिल देवको कप्तानीमा सन् १९८३ मा पहिलोपल्ट विश्वकप फाइनलमा पुगेको भारतले त्यही विश्वकप जितेर भारतीय उपमहाद्धिपमा पहिलोपल्ट विश्वकप ट्रफी भि