अफगानिस्तानमा गराइएको हिंसात्मक काण्डबाट संयुक्त राष्ट्र संघका सातजना कर्मचारीको मृत्यु

अफगानिस्तानको उत्तरी भागमा पर्ने माजारी शारिफ शहरमा एक तारिखका दिन गराइएको गतिविधिबाट उत्पन्न भएको हिंसात्मक काण्डको शिकार भएर संयुक्त राष्ट्र संघका सातजना कर्मचारीको मृत्यु भएको छ।

      सोही दिन संयुक्त राष्ट्र संघीय महासचिव बान कि मुन र सुरक्षा परिषद्‍ले आ-आफ्नो तर्फबाट उक्त हिंसात्मक प्रहार काण्डको कडा निन्दा गर्नुभयो। श्री बान कि मुनले सोही दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त काण्ड उत्पन्न हुनुको कारण बारे जरुरी छानबीन भइरहेको र त्यस काण्ड मच्चाउने शंकास्पद अपराधीमाथि कानून अनुसारको कारवाई गरिने कुरा बताउनुभयो।

      हालसम्म पनि कुनै पनि संगठन वा व्यक्तिले उक्त काण्डको जिम्मा लिने दावी गरेको छैन।

      अर्को समाचारअनुसार अफगानिस्तानको दक्षिणी भागमा पर्ने कन्दाहार शहरमा दुई तारिखका दिन आयोजित अमेरिकाविरोधी जुलूसबाट उत्पन्न भएको भिडन्तले गर्दा कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै चवालीसजना घाइते भएका छन्।