अर्घाखाँचीमा प्रजातन्त्र सेनानी संघको गठन

-प्रेमनारायण आचार्य



अर्घाखाँची टाईम्स यूएई डेस्क) -२० चैत। नेपाल प्रजातान्त्र सेनानी संघ अर्घाखाँचीको अधिबेसन बिपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ।



कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रजातान्त्र सेनानी संघका केन्द्रिय सदस्य तिलक सापकोटा नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल नेपाल प्रजातान्त्र सेनानी संघका केन्द्रिय सदस्य मुक्ति कडेल नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का लगायतले मन्तब्य राख्नु भएको थियो।





कार्यक्रममा प्रजातान्त्रिक सेनानि संघ रुपन्देहिका सक्तिप्रसाद गिरी काग्रेसका जिल्ला सदस्य तथा महाधिबेसन प्रतिनिधि लोकेन्द्र बिक ज्ञानबहादुर बिक अमिर हाम्जा प्राध्यापक जगन्नाथ भुसाल नेपालि काग्रेसका कृष्णबहादुर ज्ञवाली क्षेत्रिय सचिव हेमन्त बेल्वासे प्रेम बहादुर कार्कि काग्रेस किमडाडाका सभापति हुमप्रसाद बाजाडे नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य पत्रकार बिरेन्द्र केसी दलित संघका मणिराम परियार शहिद परिवारका सुदिप ज्ञवाली पुस्कर पोख्रेल नेबिसंघका दिपक रेग्मी लगायतको उपस्थिति रहेको थियो।





अबिधेसनले ईन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा नेपाल प्रजातान्त्र सेनानी संघ अर्घाखाँचीको गठन गरेको छ । जसको उपाध्यक्षमा बिष्णुप्रसाद भुसाल सचिब प्रेमबहादुर कार्कि र सदस्यहरुमा यमबहादुर थापा कृष्णप्रसाद पाण्डे साबित्रादेबी बेल्वासे पुनाराम खनाल जगन्नाथ भुसाल र भोजबहादुर बस्नेत रहेका छन् ।



भेलाले भोजबहादुर बस्नेत कल्पना ज्ञवाली ईन्द्रबहादुर क्षेत्री प्रेमबहादुर कार्कि बिष्णुप्रसाद भुसाल र सावित्रादेबी बेल्वासे रहेका छन् । कार्यक्रम नेपालि काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यको संचालनमा सम्पन्न भएको हो।



अन्य समाचारहरु