अर्घाखाँचीको हसंपुर गाविस र गोखुंगा गाविसको बाझाखर्कमा गाडी पुगेपछि स्थानीय बासिन्दा पंचेवाजामा छमछमती नाचे/फुल माला र अबीर द्वारा भब्य स्वागत

-प्रेमनारायण आचार्य

 

अर्घाखाँची टाईम्स यूएई डेस्क) २० चैत । अर्घाखाँचीको हसंपुर गाविस र गोखुंगा गाविसको बाझाखर्कमा पहिलो पटक गाडी पुग्दा स्थानीय बासिन्दा पंचेबाजा बजाएर छमछमती नाचेका छन्।



स्थानीय बासिन्दाले महिना दिन सम्म जनश्रमदान गरि कडा चटटान र पत्थर फोरेर खनेको बाटोमा पहिलो पटक गाडी पुग्दा गाडी र जीप चालकलाई फुल माला र अबिरले स्वागत गरेका छन्।



बिकट क्षेत्र भनेर चिनिने गाँउमा स्थानीय बासिन्दाको पहलमा हंसपुर गाविसको हंसपुर थापकोट देखि गोखुगाको बाझाखर्क सम्म जोड्ने ३ किलो मिटर मोटरवाटो निर्माण कार्य सम्पन्न भएपछि हर्षले गद्गद् भएका स्थानीय बासिन्दाहरु पंचेबाजा बजाएर खुसियालीका साथ नाचगान गरेका हुन्।



स्थानीयबासिन्दाको करिव १५ लाख बराबरको श्रमदानवाट खनिएको मोटरबाटोको स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेलले गर्नु भएको छ ।



कार्यक्रमको उद्घाटन समारोहमा नेपालि काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल एकिकृत नेकपा माओवादिका बिधान नेकपा एमालेका जिल्ला सदस्य सरोज भुसाल राजमोका रामकृष्ण घिमिरे दलित बर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष लोकेन्द् बिक गाविस सचिव बिनोद कुंवर धर्मराज भुसाल नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो।





कार्यक्रम मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष लिलबहादुर बेलवासेको अध्यक्षता र गिरीराज पोडेलको संचालनमा सम्पन्न भएको हो ।



अन्य समाचारहरु