सारा विश्वद्बारा सफा स्रोतको प्रयोगलाई बढाउन राष्ट्र संघका महासचिवको आव्हान

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजो केन्यामा सफा स्रोतको प्रयोग सम्बन्धमा निरीक्षण गर्नुहुँदै सारा विश्वलाई सफा स्रोतको प्रयोग र यसको विकास गर्न आव्हान गर्नुभयो। साथै उहाँले चीनले त्यस क्षेत्रमा केन्यालाई रकमको सहायता दिएको कुरा “दक्षिण-दक्षिण बीचको सहयोग”का लागि नमूनात्मक गतिबिधि हो भनी सराहना गर्नुभयो।

         श्री बान कि मुनले निरीक्षण गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्याका सफा स्रोत निकै प्रशस्त भएकाले केन्याले आफ्नो श्रेष्ठताको सदुपयोग गरेमार्फत केन्यालाई वातावरणीय संरक्षणात्मक हरित आर्थिक नमूनात्मक क्षेत्रको रुपमा निर्माण गर्नुका साथै मानव जातिको दिगो विकासका लागि आफ्नो भूमिका निर्वाह गर्नसक्ने आशा पनि व्यक्त गर्नुभयो।

          बितेका केही वर्षयता चीन सरकारले निरन्तर रुपमा सफा स्रोतको विकासका लागि केन्यालाई रकमको समर्थन दिंदैआएको कुरा पनि श्री बान कि मुनले जानकारी दिनुभयो।