आधुनिक भरतपुर निर्माणमा रेणु दाहालको भुमिका विषयक वकृत्वकलामा नवलपुरकि यमकला प्रथम

 

-टेकराज भुसाल ।

बुटवल। कपुरबोट मिडिया प्रालीले आयोजना गरेको खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगितामा नवलपुरकि मनिषा पौडेल (यमकला) ले प्रथम स्थान हासिल गरी रु १ लाख नगद पुरस्कार प्राप्त गरेकी छिन । ‘आधुनिक भरतपुर निर्माणमा रेणु दाहालको भुमिका’ शिर्षकमा देशभरबाट रेकर्डिङ भिडियो माग गरिएको थियो ।

करिब एक सयबढी भिडियो उपलब्ध भएकोमा ३१ वटा उत्कृष्ट भिडियो छनौट गरी मुल्याङकनका लागि कपुरबोट मिडियाको डिजिटल प्लेर्टफर्म कपुरबोट मिडियामा पोष्ट गरिएको थियो ।

भिडियोको डिजिटल मुल्याङ्कनको लागि १ महिनाको समय छुट्याईएको थियो । जसमा ५० प्रतिशत सामाजिक संजालबाट आएका भ्युज, लाईक, सेयरलाई मुल्याङ्कनको आधार बनाईएको थियो भने ५० प्रतिशत को मुल्याङ्कन बरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी, शिक्षाविद रमाकान्त सापकोटा, डा.विश्व सुवेदी अग्रज पत्रकार प्रकाशमणी ज्ञवाली लगायतको टिमले गरेको थियो ।

नतिजा प्रकाशन र पुरस्कार वितरण कार्तिक ९ गते सिजिल्याण्डपार्कमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको उपस्थितिमा गरिएको थियो । प्रतियोगितामा द्वितीय कृष्टिना पराजुली, तृतीय शिवु क्षेत्री र सान्तवना स्थान एलिया केसीले हासिल गरेका छन । विजेताले क्रमशः नगद रु १ लाख, ५० हजार, २५ हजार र १० हजार प्राप्त गरेका थिए ।