अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एशिया कपको उपाधि

 

काठमाडौँ । अफगानिस्तानले इमर्जिंग टिम्स एशिया कपको उपाधि जितेको छ ।

ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो ।

शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।