नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरू

 

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो ।

चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू भएको र पर्सि बुधवारसम्म किन्न पाइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सुनको असर्फी भने भोलि एक दिन मात्रै किन्न पाइनेछ ।

तिहार सुरु, आज धनतेरस पर्व मनाइँदै | Safal Khabar

महाशाखाका अनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र  ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ तोकिएको छ । सुनको सिक्का २ दशमलव ५ ग्राम तौलको हुने राष्ट्र बैंकले जनाएको छ ।

भोलि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म टक्सार महाशाखाबाट सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने राष्ट्र बैंकको तयारी छ । सुनको सिक्काको मूल्य भने सुनको भोलिको मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।