संयुक्त राष्ट्र संघमा गाजा क्षेत्रको भिडन्तको छानबीन टोलीका भूतपूर्व नेता रिजर्ड गोल्डस्टोनले हालै गाजा क्षेत्रबारेको दुइ वर्षअघिको प्रतिवेदनमा केही गल्ती भएको कुरा व्यक्त गर्नुभएको छ। यस घटनालाई लक्षित गरी इजरेलले तीन तारिखका दिन संयुक्त राष्ट्र संघलाई उक्त प्रतिवेदन खारेज गर्न माग गरेको छ भने प्यालेष्टाइनले सो नेताको बोलि परिवर्तनप्रति असन्तोष व्यक्त गरेको छ।
सन् 2009को अप्रिल महिनामा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले दक्षिणी अफ्रिकाका महान्यायाधिश रिजर्ड गोल्डस्टोनको नेतृत्वमा गाजा क्षेत्रको भिडन्तको छानबीन टोलीलाई गाजा क्षेत्रको भिडन्त भएको अवधिमा मानव अधिकार उल्लंघन गरेको घटनाबारे छानबीन गर्न आदेश दिएको थियो। त्यस वर्षको सेप्टेम्बर महिनामा सार्वजनिक प्रतिवेदनअनुसार, सन् 2008को अन्त्यदेखि 2009को आरम्भसम्म भएको गाजा क्षेत्रको भिडन्तमा इजरेली सेना तथा प्यालेष्टाइनको इस्लामिक रेजिस्टेन्स मुभमेन्ट हमासलगायत प्यालेष्टाइनी सशस्त्र संगठनले युद्ध मात्र नभई मानवता विरोधी अपराध पनि गरेको छ।