-सागर महत , अर्घाखाँची ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।
तिहारलाई लक्षीत गर्दै कात्तिक १४ गतेदेखि पुर्ण रुपमा प्लास्टिकका माला बेच्न प्रतिबन्ध लगाउने निर्णय भएको हो । निर्णय तत्काल लागू गर्न नगरवासीहरूलाई आग्रह गरिएको छ ।
तिहारमा प्लास्टिकका मालाहरुको प्रयोग बढ्ने हुँदा त्यसले वातावरणमा फोहोर बढाउने भन्दै प्लास्टिकको फूलको सट्टा स्थानीय फूलहरूको प्रयोग गर्न भनिएको हो । नगरपालिकाको बैठकले सबै वडा कार्यालय, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघलाई पनि निर्णय कार्यान्वयन सघाउन आग्रह गरेको छ ।