कङ्गोमा राष्ट्रसंघीय विमान दुर्घटना हुँदा चालक सहित ३२ जनाको मृत्यु,एक जना सकुसल

कङ्गो, चैत २२ (एजेन्सी)- राष्ट्रसंघीय विमान कङ्गोमा दुर्घटना हुँदा ३२ जनाको मृत्‍यु भएको विश्वसन्चार माध्यमहरुले जनाएका छन। दुर्घटनामा परेका एकजना बाँच्न सफल भएका छन । 
दुर्घटनामा बाँचेका व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ। राष्ट्रसंघीय शान्ति रक्षकदूत एलियन ले रोयले विमानमा सबै राष्ट्रसंघमा काम गर्नेहरु रहेको जनाएका छन्।
विमानमा २९ यात्रु र ४ चालक दल सदस्य थिए।
विमान दुर्घटनाको कारण थाहा भइ नसकेको भन्दै रोयले भने- ‘अनुसन्धानले भइरहेको छ। मौसमको खराबीको कारण हुनसक्छ।’ न्युयोर्क स्थित राष्ट्रसंघीय शान्ति स्थापना मिसनले घटनाको पुष्टि गर्दै त्यो सानो यात्रुवाहक विमान भएको जनाएको छ। विमानमा चारजना चालक दल र २९ जना यात्रु थिए।
At least 18 Killed in Congo Air Crash