अर्घाखाँचीबाट प्रदेश राजधानी दाङ हिंडेको पत्रकार सवार इभी हायस धानखोलामा दुर्घटना, झन्डै दर्जन पत्रकार घाइते

 

भालुबाङ- लुम्बिनी प्र्देश सरकारको १०० दिन पुगेको अबसरमा आयोजित कार्यक्रममा सहभागी हुन अर्घाखाँचीबाट प्रदेश राजधानी दाङ हिंडेको पत्रकार सवार इभी हायस धानखोलामा दुर्घटना भएको छ। दुर्घटनामा सबै पत्रकारहरु परेको  र सबै पत्रकारहरु अर्घाखाचीका रहेका छन।

घाइते हुनेहरुमा , पत्रकार महासंघ अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघ पुर्व अध्यक्ष शोभाखर पन्थी , पत्रकार प्रेम नारायण आचार्य , पत्रकार गणेश खनाल , अनिल नेपाली , बिष्णु खनाल , सागर परीयार, लक्ष्मण घिमिरे , अराज बेल्बासे , सागर महत लगायतका पत्रकारहरु चढेको इभी हायस धानखोला अघीको उकालो नजिकै दुर्घटना हुन पुगेको र दुर्घटनामा सबै पत्रकार रहेको भालुबाङ बाट अनिल नेपाली , तथा  लक्ष्मण घिमिरेले अर्घाखाँची डट्कम लाई जानकारी दिनु भएको छ।

May be an image of 19 people

दुर्घटनामा सबै पत्रकारहरु सामान्य घाइते भएको तथा खतरामुक्त भएको जानकारी प्राप्त भएको छ।

साथै सामान्य घाइते लगायत सबै पत्रकारहरुको भालुबाङ स्थित अस्पतालमा उपचार भएको जानकारी प्राप्त भएको छ। यससगै सबै पत्रकार सुरक्षित र खतरामुक्त सकुशल रहेको खबर प्राप्त भएको छ। साथै दुर्घटनामा परेका पत्रकारहरु अर्घाखाची देखी आज बिहान लुम्बिनी प्रदेश सरकारको १०० दिन पार गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन ।

दुर्घटनामा चालक पनि सामान्य घाइते भई उपचार भएको जानकारी प्राप्त भएको छ। तथा दुर्घटना के कती कारणले हुन पुग्यो थप विवरण आउन बाकी रहेको छ।