– शोभाखर पन्थी
चैत २३ अर्घाखाँची । अर्घाखाँचीका बासिन्दाहरु घरेलु तथा साना उद्योग व्यवसायमा आकर्षित भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिले लामो तथा छोटो अवधिका तालिम प्रदान गरी स्थानिय वासिन्दाहरुलाई उत्प्रेरित गरेपछि जिल्लामा उद्योग खोल्नेहरुको लहर नै चलेको छ ।
सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउ गाउका स्थानिय वासिन्दाहरुले उद्योग साचालन गरी दैनिक आम्दानीको श्रोत वढाउदै गएका छन् । जिल्लामा साचालित साना उद्योगहरु मध्ये पूर्वीय प्रविधीमा आधारित ढाकाका सामानहरु नागाल्यान्ड पछ्यौरा स्थानिय कच्चा पदार्थमा आधारित अगरवत्ती मैनवत्ती तायारी पोशाकका सामान वायो वि्रकेट वाँस तथा काठका सामग्री दालमोठ चाउचाउ सस मसला वाँवियोको डोरी सिलाई कटाई छालाका वस्तु निर्माण गरी स्थानिय वासिन्दाहरुले मनग्य आम्दानी गरेका छन् ।
दुई वर्ष पहिले आम्दानी नभएका कारण छोरा छोरीको लालन पालनमा समस्या झेलेका ठुलापोखरा ५ का कृष्ण प्रसाद पाण्डेले अहिले घरमा वसी वसी मासिक ३० हजार भन्दा बढी आम्दानी गर्न पाएकोमा खुसी छन् । उनले एक वर्ष यता गाउमै वायो वि्रकेट साचालन गरी मनग्य आम्दानी गरेका छन् । खेर गएका सामग्रीहरुलाई सदुपयोग गरी वनाइने वायो वि्रकेटले मुलुकका प्रमुख शहरहरुमा समेत राम्रो वजार पाएको उनको भनाई छ ।
जिल्लाको दुर्गम गाउ सिमलपानी १ करेचुलीकी यमकला ठेंडीले पूर्वीय ढाका उद्योग साचालनबाट मनग्य आम्दानी गरेकी छिन । कक्षा १२ म्ँ पढ्दै गरेकी ठेंडीले आफ्नो पढाई खर्चमात्र होइन परिवारको समेत खर्च चलाउदा परिवारका सदस्यहरु दङ्ग छन् ।
पाण्डे र ठेंडी त केवल उदाहरुण मात्र हुन । जिल्लामा घरेलु उद्योग साचालन पछि आम्दानी गर्नेहरुको संख्या सयौं रहेको छ । घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीले जिल्ला विकास समितिको सहयोगमा सन्धिखर्कमा कोशेलीघर साचालन गरेपछि आफुहरुलाई सजिलो भएको उद्यमीहरुको भनाई छ । कोशेली घरमा उद्यमीहरुलाई आबश्यक पर्ने सामग्रीहरु राखिनुका साथै उद्यमीद्धारा उत्पादित वस्तुहरुको विकि्रको लागि समेत व्यवस्थापन गरीएको घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीका वरिष्ठ उद्योग अधिकृत शिवशंकर बानियाले वताए ।
नेपाल जस्तो कृषि प्रधान देशमा कृषि तथा वन जन्य उद्योगहरुको प्रवल सम्भावना रहेको छ । अझ अर्घाखाँची जस्तो अधिकांस गरीव विपन्न जनताहरु रहेको ठाउंमा राज्यले सरकारी स्तरवाटै घरेलु तथा साना उद्योग साचालनका लागि विशेष पहल गरेमा विदेश पलायन हुने यूवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाई जिल्लाको आर्थिक विकासमा फड्को मार्न सकिने वुद्धीजिवीहरुको भनाई छ ।
यसैविच घरेलु तथा साना उद्योग विकास समितिको आयोजना र विज्ञान तथा प्रविधी मन्त्रालयको सहयोगमासदरमुकाम सन्धिखर्कमा दुई दिने औद्योगिक वस्तु तथा प्रविधी प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा सातओटा वस्तु समुहका ४७ ओटा स्टल राखिएको थियो । स्टलमा नौवटा वस्तुहरुको प्रविधी प्रदर्शन समेत गरीएको थियो । प्रदर्शनीको अवलोकन गर्न गाउ गाउबाट ठूलो संख्यामा स्थानिय वासिन्दाहरु सदरमुकाम सन्धिखर्कमा आएका थिए ।