– शोभाखर पन्थी
चैत्र-२३ अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले ठुला दलहरुको सत्ता मोह र ढाउँपेचका कारण संविधान निर्माण प्रकि्रया ओझेलमा परेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा बुधबार सन्धिखर्कमा आयोजित पत्रहकार सम्मेलनमा मन्तव्य राखदै के।सी।ले शान्ती र संविधान निर्माणलाई छोडेर ठुला दलहरु सरकार बनाउन र ढाल्नमा केन्द्रीत रहेको बताउनु भएको छ ।
उहाँले दलहरुको आक्रमणताका कारण नेपाल विश्वको युद्धभुमि बन्न थालेको प्रति सचेत रहन आग्रह गर्दै संघीयताको विरोधमा आवाज उठाउन सबै पक्षलाई आग्रह गर्नुभयो । जनमोर्चाले आगमी बैशाख १३ देखि पोखरामा सुरु हुने राष्ट्रिय सम्मेलनको बारेमा अवगत गराउन सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र सचिव थम्मन के.सी को सचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सिद्धि प्रसाद भट्टराई पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी सचिव प्रेम नारायण आचार्य क्रान्तीकारी पत्रकार संघका अध्यक्ष अशोक खनाल प्रेस चौतारीका अध्यक्ष हीम बहादुर जिसी लेकाली लगायतका वत्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चाले बैशाख ९ गतेदेखि अर्घाखाँचीमा संघीयताको विरोधमा मोटर साईकल र् याली गर्ने भएको छ ।