भारतिय धार्मिक गुरु सत्य साइ बाबाको अवस्था नाजुक


भारतिय धार्मिक गुरु सत्य साइ बाबाको अवस्था अझै पनि नाजुक रहेको छ। उनको स्वास्थ्यलाई लिएर बिभिन्न भ्रामक कुरा फैलिएपछि उनको आश्रम रहेको भारतिय शहर पुट्टपर्तिमा तनाव बढेर गएको छ।

 

सोही कारण सो शहरमा प्रहरीले निषेधाज्ञा लगाउन बाध्य भएको छ। सत्य शाही सुपर स्पेशलिटी हस्पिटलका निर्देशक ए एन सफायाका अनुसार ८५ वर्षिय शाइ बाबाको स्वास्थ्यमा हिजोको तुलनामा केही सुधार आएको छ। उनको ब्लड प्रेसर र मुटुको गति सामान्य रहेको सफायाले जानकारी दिएका छन्।

 

 यद्यपी साइ बाबालाई अझै पनि कृतिम स्वास प्रदान गर्ने मेशिन अर्थात् भेपन्टिलेटरमा राख्नू परेको चिकित्सकहरुले बताएका छन्। खराव स्वास्थ्यका कारण साइ बाबा सो अस्पतालमा गत २८ मार्चबाट भर्ना गरिएका हुन्।