भारतमा स्वतन्त्रता आन्दोलन पछि भ्रष्टाचार विरुद्धको ठूलो आंदोलन आज तेस्रो दिन पनि जारी

-राम भुसाल

अर्धाखांची टाईम्स(न्यू दिल्ली डेस्क): भारतको राजधानी नयादिल्लीमा भारतका महान समाज सेवी अन्ना हजारेंको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ। 

देशमा बढ़दो भ्रष्टचार र सामान्य जनताको स्थितीमा सुधार ल्याउनको लागी गांधीवादी समाज सेवक अन्ना हजारेले मंगलवार देखी राजधानी दिल्ली को जंतर मंतरमा हजारौं समर्थक का साथमा आफ्नो आमरण अनशन शुरु गरेका हुन।

भारतीय संसदमा लंबिदै गरेको लोकपाल विधायकलाई सरकारले धेरै सरोकार नदिएको ले अन्ना हजारेले आफ्नो अनिश्चितकालिन आमरण अनशन शुरु गरेका हुन। 

यस आंदोलन मा अन्ना हजारे लाई साधारण जन समुदाय देखी देश का प्रमुख हस्तिको पनि सहयोग मिलेको छ।समाजसेवी अन्ना हजारेले आफ्नो आंदोलन लाई निष्पक्षता दिनको लागी कुनै पनी राजनीतिक पार्टी लाई यस आदोलनमा समावेश गरेका छैनन।

अन्ना हजारेले आफूसंग भेट गर्न आएका राजनीतिक पार्टीका नेताहरुसंग पनि भेट नगरी फर्काएका छन।

भारतमा विगत वर्ष मा उजागर भएका घोटाला र राजनीति पार्टीका नेताहरुको संलग्नता पछि देशमा भ्रष्टचारको विरोधमा आवाज उठदै गरेको थियो।

यधपी अन्ना हजारेको यस आन्दोलन पछी भारतीय केन्द्र सरकार पनी सर्तक भएको बुझिएको छ।