– शोभाखर पन्थी
चैत्र-२४ अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले शुक्रबार सदरमुकाम सन्धिखर्कमा विशाल जनसभा गर्ने भएको छ ।
जनआन्दोलन दिवसको अवसर पारी सम्पन्न हुन लागेको जनसभालाई एमाले महासचिव इश्वर पोख्रेल लगायतका नेताहरुले संवोधन गर्ने एमालेले जनाएको छ । एमालेले जनसभाको तयारीको विषयलाई लिएर आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा मन्तव्य राख्दै एमाले जिल्ला कमिटीका अध्यक्ष रामजी प्रसाद घिमिरेले शान्ती र संविधान निर्माणका लागि एमालेले संचालन गर्ने जनसभाले प्रभाव र्पोन बताउनु भयो ।
एमालेले भोलि सदरमुकाम सन्धिखर्कमा १० हजारको संख्यामा जनसागर उतार्ने जनाएको छ । पत्रकार सम्मेलनमा एमालेले जनसभाको तयारीको लागि प्रचार प्रसार र घरदैलो कार्यक्रम सम्पन्न गरिएको जनाईएको छ ।