कोही चाहिँ भने जहाजमा सरर

– राजेन्द्र श्रेष्ठ

 

चालिस साल तिरको कुरा होला मैले एउटा गीत हाम्रा दाजुहरुले गाएको सुनेको थिए र मैले पनि गाउँने  गर्दथ्ये । त्यो गीत चर्चित नेपाली चलचित्र बलिदानमा पनि छ । कोही चाहिँ भने जहाजमा सरर कोहीको भने पसिना तरर हाम्रो नेपालमा । हो यो गीत धेरै चर्चित छ । धेरैले सुनेको पनि हुनु पर्छ । त्यसबेलामा मैले सोचेको थिए जहाजमा सरर जानेहरु ठूला मान्छे हुन्छन वा धन सम्पती धेरै भएका पूंजीपतिहरु हुन्छन ।

 

हामी टन्टालापुर घाममा डोको भरी तरतर पानी चुहिने मलको भारी बोकेर उकालो ओरालो हिडने मानिसहरुको मात्रा पसिना तरर बग्दछ । पसिना बगाउनेहरु सानो गरिव दुःखी हुन्छ । कुरा तः सत्य नै हो रहेछ पसिना बगाउने हरु दुःखी नै हँुदारहेछ तर आज चाहिँ अलि फरक के छ भने यो विदेशी भुमिमा रगत पसिना बगेको देख्दा र भोग्दा जहाजमै सरर भए पनि दुःखीको दुःख संगै हुने रहेछ जस्तो लगेको छ । हुन त मैले त्यस बेलामा यी माथिका गीत कम्युनिष्टहरुले गाउँने गीत हो भनेर जानेको पनि थिएन । सहायत निरंकुश पंाचायती व्यवस्था भएको कारण होला हामी त्यसबेलाका फुच्चेहरुलाई सबै कुरा कसरी भनोस तः धेरै पछि मात्र थाहा भयो यो त कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले गाउँने गीतपो रहेछ । त्यो समयमा हाम्रा दाजुहरुले गाएको सुनेर नै मलाई पनि मन परेको थियो । कपिको पन्नामा लेखेर राख्थ्ये अनि म पनि गाउँथ्ये अहिले पनि कहिले काही ति गीतहरु मेरो मनसपटलमा घुमिरहन्छ । राम्रो पनि लाग्छ यी गीतका भनाईहरु ।

 

घरभित्र ढिडो खादै गर्दा हाउँजाजको आवाज आयो भने हाउँजाज आयो हाउजाज आयो भनेर हातमा ढिडो समाउदै आगानमा आएर आकाशतिर हेरेका ति दिनहरु पनि मेरो मनसपटल बाटा अझै टाढा भएको छैन । म त्यस बेला हवाईजाहाज भन्न जान्दिन थिएँ । अहिले ति दिनहरु वितेका धेरै बर्ष भईसक्यो । त्यो समय र आजको यो समयमा म कहीले काही गहिरिएर सोच्ने गर्छु ।

 

देशका ती गीत गाउँदै गाउँगाउँमा गरिव धनी सबै समान हुनु पर्छ भन्दै आमुल परिवर्तका कुरा गरेर हिडने हाम्रा कामरेडहरुलाई देख्छु हो हाम्रा ति कामरेडहरु अहिले नेपालको सबै भन्दा शक्तिशाली पद प्रधान मन्त्री र मन्त्रीहरु भएका छन् । हाम्रा त्यसवेलाको सानो घर जुन घर २०४५ सालको भुकम्पले भत्काई दियो मा गुन्द्रि ओछ्याएर सुत्नु हुने कामरेडहरु आज सबैभन्दा महंगा गाडी घर र श्री सम्पति जोडेर सारा शक्ति आफ्नो हातमा लिएर देशको बाग्डोर समालिरहनु भएको छ । उहाहरुले भनेका आमुल परिबर्तनका कुराहरु नौलो जनवाद समाजवाद र साम्यवादका कुराहरु अनि समानताका र शोषन रहित समाजका कुराहरु खै कहि कतै पाउन सक्दीन जाहाँ पनि शोषन र दमन असमानता मात्र पाईरहेको छु । फेरी अर्को मनले सम्झन्छु अखिर परिवर्तन तः भएकै रहेछनी ती परालको गुन्द्रिमा सुतेका कामरेडहरु आज यति धेरै सुविधा उपभोग गर्न पाउँने भएका छन भने हाम्रा नेताहरुको लागि तः उहाँहरुले भने जस्तो परिवर्तन भएकै रहेछ । हामी जस्ता जनताहरुको लागि आश्वषणको पोका मात्र रहेछ यो परिवर्तन आन्दोलन र क्रान्ति भन्ने शब्दहरु जस्तो भान भएको छ । जनताले खै के पाएको छ त  उही हिजो पनि पसिना तरर पारेर उकालो ओरालो पिठ्युमा भारी बोकेर हिडेका थियौं भने आज त झन अशान्ति महंगी बेरोजगारी लुटपाट अन्धकार दण्डहीनता आदीले सताएको छ ।

 

यही सम्पूर्ण समस्या संग देशमै बसेर संघर्ष गर्न नसके पछि हवाईजहाज चढेर सरर संग लाखौ लाख युवाहरु  विदेशीको भुमिमा आएका छन । रात दिन नभनेर रगत पसिना बगाई रहेका छन् पसिना पनि कति बग्ने हो कति के बयन गर्नेर दिनमा तिन पटक तः लगाएको भेष्ट निचार्दै लगाउँदै गर्नु परेको छ । यो विदेशी भुमिमा अरु दुख र दर्दका कुराहरु लेखेर मैले यो सेतो पन्ना खराब गर्नु भन्दा तपाईहरुकै घर गाउँका भाई छोरा छोरी लाखौ युवाहरु छन याहाँ उहाँहरुलाई सोध्यो भने थाहा भईहल्छ । तसर्थ देशको शाषन सत्तामा वा घुम्ने कुर्चिमा नेताजीहरु तः धेरै नै परिवर्तन भए उहाँहरुको अवस्थामा पनि क्रान्तिकारी नै परिवर्तन भयो तर देश र जनताको अवस्थामा परिवर्तन गर्ने नेता नेपाली जनताले पाएको छैन ।

 

अवत झन जातैपिच्छेका राज्य जातैपिच्छेका नेता यो तेरो र यो मेरो खै को होला नेपालको  को होला नेपालीको  त भन्दा म ठूलो मैले भनेको सबैले मान्नु पर्ने मेरो जातको यरिया मेरे क्षेत्र खै नेपालको एरिया  खै नेपालीको क्षेत्र  तराई पहाड हिमाल सवै नेपाल हो सबै जात जाति भाषा भाषी नेपाली हो तसर्थ जहाज मै चढे पनि पसिना बगाउनु परेको छ भने भारी हलो कुटो कोदालो जे गरे पनि पसिना बगाउँनु नै परेको छ । तसर्थ अवका दिनमा जनता नै सचेत भएर नेता छान्ने हो की यसै गरी तपाई हाम्रो जीन्दगी जाने हो गम्भिर भएर सोचौं है ।