भारत तथा पाकिस्तानका वाणिज्य सचिवहरूबीचको विशेष वार्ता यसै महिनाको 27 देखि 28 तारिख गरी दुई दिनसम्म पाकिस्तानको राजधानी इस्लामावादमा आयोजना हुने भएको छ।
भारतीय विदेश सचिब निरुपमा राओले सञ्चार-माध्यमहरूलाई जानकारी दिएअनुसार, यसै अप्रिल महिनाको तोकिएको मितिमा भारतीय वाणिज्य सचिब राहुल खुलार र उनका पाकिस्तानी समकक्षी जाफर मेहमुदबीच इस्लामावादमा भेटघाट हुने कार्यक्रम रहेको छ।
विश्वकप- क्रिकेट आयोजनाको अवशरमा गत महिना गृह- सचिब सतरमा वार्ता भएको थियो। अब हुने वाणिज्य सचिबस्तरीय वार्ता दोस्रो उच्च स्तरीय वार्ता हो।