यूरोपेली संघ समितिका अध्यक्ष जोस म्यानुएल दुराओ बारोसोले हिजो यूरोपेली संघले जापानबाट आयात भएका खाद्यान्न र पशुको दानाको जाँचबूझ र नियन्त्रण गर्ने बताउनुभयो।
श्री बारोसोले हिजै यूरोप संसदको पूर्णबैठकमा यूरोपेली संघ समितिले हालको जाँचबूझ र नियन्त्रण सम्बन्धी कदमलाई परिवर्तन गर्न तथा अझ प्रत्याभूति कदम चलाउन आह्वान गर्नुभयो। साथै उहाँले आठ तारिखका दिन यूरोपेली संघका सदस्य मुलुकले सम्बन्धित निर्णय पारित गर्ने सम्भावना रहेको पनि बताउनुभयो।