युवापुस्ता किन निराश ?

– पूर्णहरि अमात्य


संसारको जुनसुकै कुनामा परिवर्तनको संवाहक युवापुस्तानै हुन्छन् । र, इतिहासले यो कुरोलाई जुनसुकै काल परिस्थितिमा पनि प्रमाणित गरेर देखाएको छ । नेपालको सन्दर्भमा कुरा गर्दा राणाहरूको कठोर जहानीयाँ शासन होस वा निरकुङ्श पञ्चायती शासन अथवा तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिँदा युवा शक्ति नै सडकमा उत्रेका थिए । ०६२ /०६३ सालको १८ दिने आन्दोलनमा युवाको सक्रिय तथा वीरतापूर्ण आन्दोलनले २३९ वर्षे लामो शाहकालीन शासनसदाका लागि इतिहासको पानामा खुम्चिन पुग्यो । ०६२/०६३ को आन्दोलन ०४६ सालको जस्तो प्रजातन्त्रको पुनस्र्थापनाका लागि सीमित आकाङ्क्षा प्राप्तिका लागि थिएन । ०४६ सालको आन्दोलनले तत्कालीन राजा वीरेन्द्रलाई घुँडा त टेकायो र नेपाली जनता रैतिबाट सार्वभौम अधिकार सम्पन्न जनता त भए तर राजनीतिक नेताहरूको सत्तामोह, दलगत स्वार्थ, ब्यक्तिवादी चरित्र आदि कारणले गर्दा युवाले चाहेको परिवर्तनको अनुभूत गर्न पाएनन् ।



परिवर्तनकामी युवा जमात जहाँ पनि जहिले पनि यथास्थितिवादी परिवेशमा बाँच्न चाहँदैनन् र उनीहरू न्याय र अधिकारका लागि आफ्नो जीवन बलिदान गर्न कदापि पछि हट्दैनन् । कलकलाउँदो उमेरका नौजना गङ्गालाल क्रूर राणा शासनको यातना सहन गर्न तत्पर भए तर राणाहरूको अघिल्तिर झुकेनन् । भगत सिंह सूर्य नअस्ताउने बृटिस साम्रज्यवादीसित कुनै सम्झौता नगरी हाँसिहाँसी फाँसीको फन्दामा झुण्डिन तयार भए छिमेकी भारतमा हाम्रो समाजमा परिवर्तनकामी युवा पुस्तालाई यथास्थिति वादी शक्ति भावनामा बगेर आफ्नो त्यत्रो मह