ओभरस्टे गरेका 113 विदेशी नागरिक दक्षिण भारतमा पक्राउ

आफूसँग भएको भिसाको म्याद सकिएर वा ओभरस्टे गरेका 113 विदेशी नागरिक दक्षिण भारतमा पक्राउ परेका छन्। भारतीय प्रहरीले ती विदेशीहरूलाई भारतको गोवा राज्यमा पक्राउ गरेका हुन्। उनीहरूमध्ये धेरैजसोले तीन वर्ष ओभरस्टे गरेको पाइएको छ।उक्त कुरा भारतीय अधिकारीहरूले गत बिहीबार बताएका हुन्।

           गोवाका गृहमन्त्री श्री रबि नाइकले राज्यसभामा बोल्दै भन्नुभयो- हाल भारतमा ओभरस्टे गरी बसेका 113 जना विदेशी नागरिकहरू गोवामा पक्राउ परेका हुन्।तिनीहरूमा 25 जना रुसी तथा 22 जना नाइजेरियालीलगायतका रहेका छन्।ती सबै नै जनवरी 8 देखि गत महिनासम्ममा पक्राउ परेका हुन्।