आइभरीकोष्टमा बैधानिक राष्ट्रपतिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका नेता अलासेन वाटाराले राष्ट्रपति लरेन्ट बाग्बो लुकि बसेको निवासलाइ घेराबन्दी गर्न आदेश दिएका छन्।
बिहीव्ाार राति टेलिभिजनमा बोल्दै वाटाराले चुनावमा पराजित भएर पनि सत्ता छाड्न अटेर गर्दै आएका राष्ट्रपति बाग्बो बसेको निवास घेराबन्दी गर्न आफ्ना सेनालाइ आदेश दिएका हुन्। त्यसैगरी वाटाराले अबीदजान शहरमा बाग्बो विरुद्ध भैरहेको आक्रमणका क्रममा हतियारधारी लडाकूद्धारा भैरहेकेा लुटपाट रोक्न र स्थिति नियन्त्रणमा लिन पनि सेनालाइ निर्देशन दिएका छन्।
वाटाराले आफ्नो निवासमा लुकि बसेका बाग्बोको हातमा ठुला हतियार र केही सेना मात्र बाकी रहेको दाबी गरेका छन्। उनले आफ्ना समर्थक सेनालाइ गैरसैनिक नागरिक विरुद्ध हिंसा र आक्रमण नगर्न आदेश दिदै नरसंहार र अपराधमा संलग्न कसैलाइ पनि नछाड्ने बताएका छन्। त्यसैगरी वाटाराले यस अघि आफ्नो देश विरुद्ध लगाइएको नाकाबन्दी हटाउन युरोपेली संघलाइ आग्रह पनि गरेको बताइएको छ। वाटाराले गैरसैनिक नागरिकको सुरक्षा लगायत आवस्यक आधारभुत खाद्य पदार्थ, स्वास्थ्य सुविधाको बन्दोबस्त मिलाउन पनि आफ्ना सेनालाइ आदेश दिएका छन्।
वाटारा समर्थकले बाग्बो निवासमा हवाइ आक्रमण जारी राखे पनि बाग्बोले सत्ता हस्तान्त्ररण गर्न र आत्मसर्मपण गर्न अस्वीकार गर्दै आएका छन्। श्रीमती सहित बाग्बो हाल आफ्नो निवासको भुमिगत सुरुङ्गमा लुकिबसेका छन्।