स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीकी लेखा समिति सदस्य पक्राउ

 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ ।

काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले गत राति नियन्त्रणमा लिएको हो ।

सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरुले जाहेरी दिएका थिए । बचतकर्ताहरुको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ ।