अमेरिका विरोधी इराकको शिया सम्प्रदायका नेता मुख्तादा अल सादरले नौ तारिखका दिन बोल्दै इराकमा तैनाथ अमेरिकी सेना सन् 2011 को अन्ततिर पनि इराकमा अडिरहेमा आफ्नो नेतृत्वमा रहेको माहदी आर्मीले सशस्त्र प्रतिरोधी आन्दोलन पुनः शुरु गर्ने चेतावनी दिनुभएको छ।
यसभन्दा अघिल्लो दिन इराक सरकारका प्रवक्ताले पनि कुराकानी गर्दै अमेरिकाले आफ्नो सेनालाई इराकमा तैनाथ गर्ने म्याद नलम्ब्याउने आशा इराकले लिएको र अमेरिकी सेना निर्धारित समयभित्र हटेर जाने इराकको आग्रह रहेको कुरा बताउनुभयो।
वगदाद भद्रगोलमा परेको आठौं वर्षको अवशरमा आठ तारिखका दिन दशौं हजार इराकी बासिन्दाहरुले मुलुकभरिका विभिन्न ठाउँमा र्याली प्रदर्शन गर्दै इराकमा तैनाथ अमेरिकी सेनाको कब्जालाई बन्द गर्दै यथाशक्य चाँडै त्यहाँबाट हटेर जान आग्रह राखेका छन।
थाहा भएअनुसार सात तारिख अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री रोवर्ट गैट्सले इराकको भ्रमण गर्ने क्रममा इराक सरकारले अघिसरा भएर आग्रह प्रस्तुत गरेमा अमेरिकाले सन् 2011को अन्तमा म्याद सकिएपछि सेनालाई तैनाथ गर्ने क्रमलाई जारी नै राख्न सक्ने विचार व्यक्त गर्नुभएको थियो।