जापानमा फेरि शक्तिशाली भूकम्प/भूकम्पपछि जापान मेट्रोलोजिकल एजेन्सीले दियो सुनामीको चेतावनी

समाचार एजेन्सी – अर्घाखाँची टाईम्स बिदेश बिभाग -जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार पुनः ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको स्थानीय समय अनुसार अपरान्ह ५ बजेर १६ मिनेट जाँदा गएको भूकम्पबाट कुनै भौतिक र मानवीय क्षति नभएको समाचार संस्था सिन्हृवाले जनाएको छ ।
भूकम्पपछि जापान मेट्रोलोजिकल एजेन्सीले सुनामीको चेतावनी दिएको छ।