– प्रेमनारायण आचार्य
अर्घाखाँची टाईम्स यूएई डेस्क-अर्घाखाँचीको सन्धिखर्कमा आत्म निर्भर वनाउने उदेश्यले संन्धिखर्क गाविसको आयोजनामा संचालित एक हप्ते मैन बत्ती बनाउने तालिम सम्पन्न भएको छ।
सन्धिखर्क गाविसका ४२ जनाको सहभागिता रहेको तालिमको समापन समारोहमा सहभागिलाई कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ट उद्योग अधिकृत शिबसंकर वानीयाले प्रमाण पत्र बितरण गर्नु भएको छ।
समापन समारोहमा प्रशिक्षार्थीको तर्फ बाट मन्तब्य राख्दै सहभागी कमला पाण्डेले तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्ने र आजै देखि मैन बत्ती बनाउन सुरु गर्ने बताउनु भयो ।
समापन समारोहमा गाविस सचिब जीबनारायण आचार्य,एकिकृत नेकपा माओवादिका बाबुराम खड्का,नेपाली काग्रेसका तारा प्रसाद बस्याल,नेकपा एमालेका रामचन्द्र पोख्रेल,राष्टिय जनमोर्चाका कृष्णप्रसाद खनाल,नेकपा एकिकृतका गिरीप्रसाद भुसाल,पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष सोभाखर पन्थी,सचिब प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम बाबुराम पन्थीको सभापतित्व,रामहरी भुसालको स्वागत मन्तब्य र राधा नेपालीको संचालनमा सम्पन्न भएको हो।