नवबर्ष २०६८ लाई स्वागत गर्दै अर्घाखाँचीबासी,धुमधामका साथ नयाँ बर्ष २०६८ मनाइदै,अर्घाखाँचीको माहोल रंगिन/बिदेशमा रहेका अर्घाखाँची बासी पनि खुशीयाली पुर्वक नयाँ वर्ष लाई स्वागत गर्दै

अर्घाखाँची डट्कम्-जिल्ला डेस्क-अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्लाका बिभिन्न स्थानहरुमा नयाँ बर्ष हर्सोउल्लासका साथ एक आपसमा खुसी साटासाट गर्दै मनाउदै गरेका सुचना र जानाकारीहरु अर्घाखाँची डट्कम् लाई प्राप्त भएका छन।


यसै क्रममा अर्घाखाँचीको दुर्गाफाटमा त्यहाँ को एक स्थानिय युब क्लबले नव बर्ष को अबसर पारेर एक महासाँगीतिक् मेला २०६८  को आयोजना गरेको छ।


राष्ट्रिय स्तरका ख्याती पराप्त कलाकारहरुबाट बिभिन्न गीत संगितको प्रस्तुती रहने जानाकारी प्राप्त भएको छ।


दुर्गाफाटमा आज नयाँ  २०६८ सालको माहोल रगिंन बनेको जानाकारी हामीलाई प्राप्त भएको छ।यसै गरी हसंपुरमा  पनि एक संगितीक कार्यक्रम को आयोजना हुँदै गरेका जानाकारी प्राप्त भएका छन।


डट्कम् ले जिल्ला भरका सबै स्थानका सम्पूर्ण गतीबिधीहरु,सबै जानाकारी र विवरणहरु दिदै जानका लागि अहिले जिल्ला भरी आफ्ना प्रतिनिधि खटाएको छ र सक्दो छिट्टो तस्विर एवम अन्य जानकारी प्रकाशन गर्दै जाने छौ।

 

बिदेशमा रहेका अर्घाखाँची बासी पनि खुशीयाली पुर्वक नयाँ वर्ष लाई स्वागत गर्दै   

 

यसै गरी साउदी अरबमा रहेका अर्घाखाँची बासी युवाहरु एकै ठाउँमा जम्मा भई बिशेष कार्यक्रम गरी नयाँ वर्ष २०६८ बिशेष मनाउन लागेको खबर प्राप्त भएको छ।अर्घाखाँची डट्कम् मार्फत विश्व भर सुन्न मिलेको रेडियो अर्घाखाँची लाई सुन्ने हजारौ स्रोता बाट हामी लाई प्राप्त पत्रमा जनाए अनुसार जिल्लाको संचार बिकासमा फड्को मार्न अर्घाखाँची डट्कम् ले गरेको प्रयास लाई मुत्त कण्ठले प्रशशां गर्दै नयाँ वर्षको अवसरमा बिशेष शुभकामना दिईएको छ।

 

साउदी बाट अर्घाखाँची केरुङगाका सन्जय पाण्डेले दिएको जानकारी अनुसार त्यहा आज बिशेष कार्यक्रम गरिदै छ ।

 

यसै बिच सम्युत्त अरब एमिरेट्स यूएईमा रहेका नेपाली हरुले पनि नयाँ साल बिशेष कार्यक्रम गर्दै गरेको जानकारी प्राप्त भएको छ। यूएई डेस्कमा रहेका बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउले ले दिएको जानकारी अनुसार यूएईका दुबई – आबुधाबी , सारजाह, अल ऐन , अजमान तथा फुजेराहमा रहेका नेपालीहरुले बिभिन्न खालका कार्यक्रम आयोजना गरी नयाँ सला लाई स्वागत गरिदै छ।

 

उता कतार बाट सहयोगी मतिलाल भुसाल र खिमलाल लामिछाने ले जनाए अनुसार त्यहा रहेका नेपाली हरु एकै ठाउँमा जुटी आ-आफ्नै किसिमका कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाउन लागेको जानकारी यूएई डेस्कमा प्राप्त भएको छ ।

अन्य समाचारहरु