केही मुलुकद्बारा अमेरिकाको वार्षिक अन्य मुलुकको मानव अधिकार प्रतिवेदनको निन्दा

रुस,भेनेजुएला तथा युक्रेनका सरकारी पदाधिकारीहरु र विशेषज्ञहरुले हाल निरन्तर रुपमा अमेरिकी सिनेटद्बारा यसै महिनाको आठ तारिख प्रकाशित “सन 2010 को वार्षिक अन्य मुलुकको मानव अधिकार प्रतिवेदन”को निन्दा गर्दै अमेरिकाले मानव अधिकारलाई निहुँ बनाएर अन्य मुलुकको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको ठहर लिएको बताएका छन।

      रुसको विदेश मन्त्रालयले यसै एघार तारिख आफ्नो वेभ-साइटमा एउटा वक्तव्य प्रकाशित गर्दै अमेरिकाको यस मानव अधिकार प्रतिवेदनले पहिलेको जस्तै निरन्तर रुपमा मानव अधिकार समस्यालाई राजनीतिकरण गरिरहेको बताएको छ।

      युक्रेनको राजनीति अनुसन्धान केन्द्रका विशेषज्ञ मिखायल मिलेविस्कीले अमेरिकाको मानव अधिकार प्रतिवेदनले युक्रेनमाथि गरेको निन्दामा कुनै पनि आधार नरहेको भन्दै अमेरिकालगायत कुनै पनि मुलुकले अन्य मुलुकको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने अधिकार छैन भनी बताउनुभएको छ।