संयुक्त राष्ट्र संघका महासचिव बान कि मून, अफ्रिकी संघका महासचिव अम्रे मौस्सा, यूरोपेली संघमा कुटनीति र सुरक्षा नीतिसम्बन्धी उच्च स्तरीय प्रतिनिधि काचेरेने आशटोन, इस्लामिक कन्फेरेन्स संगठनका महासचिव एक्मेलेदिन इहसानोलु, अफ्रिकी संघ समितिका अध्यक्ष जेन फिङ्गले हिजो काइरोस्थित अफ्रिकी संघको मुख्यालयमा लिबिया समस्याबारे बन्द बैठकको आयोजना गर्नुभएको छ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले लिबियामा युद्ध गरिरहेका दुबै पक्षसँग युद्ध विराम गरेर राजनैतिक तरिकामार्फत वर्तमानको संकटको समाधान गर्न आह्वान गर्नुभएको छ।