– राजेन्द्र न्यौपाने
गोरखा ३ बैशाख । जिल्लाको गोरखा नगरपालिका वडा नं. ७ मा अवस्थित सामुदायिक विद्यालय सरस्वती उच्च माध्यमिक विद्यालय आहाले गोरखाले कम्प्युटर कोर्षको कक्षा थालनी गर्ने भएको छ ।
विद्यालय व्यवस्थाप समितिको चैत २८ गते बसेको बैठकले आधुनिक र वैज्ञानिक शिक्षाको उज्यालो घामबाट बालबालिकाहरुको भविश्य उज्जवल पार्ने निर्णय सहित कम्प्युटर कक्षा साचालन गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।
विद्यालयले एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई सहुलियत दरमा कम्प्युटर व्ोसिक कोर्षको कक्षा साचालन गर्ने निर्णय समेत गरेको छ ।
गाउँबाट कम्प्युटर सिक्न टाढा जानुपर्ने बाध्यतालाई ध्यान राखी विद्यालयले सवंहित योजनाको निर्णय गरेको हो । यसबाट एसएलसी दिएर बसेका विद्यार्थीहरुले सररस्वती उच्च माध्यमिक विद्यालय आहालेमा कम्प्युटर शिक्षा लिने अवसर पाएका छन् ।
लामो समयदेखि अ्र्रग्रेजी माध्यमबाट कक्षा साचालन हुँदै आइरहेको यो विद्यालयमा कम्युटर कोर्षका लागि भर्ना हुन समेत विद्यालयले आग्रह गरेको छ । अन्यत्र भन्दा कम शुल्कमा गुणस्तिय शिक्षा दिने समेत समितिका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।