अमेरिकी राष्ट्रपति ओबामाले हिजो पन्ध्र तारिखका दिन लिबियामा अझै पनि दङ्गाकै परिस्थिति रहेको र हवाई आक्रमणबाट प्राप्त सफलता सीमित भएको बताउनुभएको छ।
थाहा भएअनुसार श्री ओबामाले सीएनएनसँगको अन्तर्वार्तामा नेटोले लिबियामाथि सैनिक आक्रमण गर्दा शक्तिशाली देखिए तापनि अहिले अमेरिकी सेनालाई मात्रै दोषारोपण गर्न उपयुक्त नभएको भन्दै अमेरिकी सेनाले अझै पनि गोप्य सूचना संकलन गर्नेलगायतका काम गरिरहेको बताउनुभयो ।
लिबियाका सरकारविरोधीपक्ष र सरकारी सेना दङ्गाकै स्थितिमा रहेकाले आलोचकहरुले नेटोको विरोध गर्दै आएका छन् । त्यसको क्रममा हवाई आक्रमणमा सहभागी मुलुकहरु फ्रान्स र बेलायतले संगाती मुलुकहरुबाट प्राप्त सहायोग धेरै कम भएको भन्दै असंतोष व्यक्त गर्दै आएका छन् । जसका कारण संगाती मुलुक र विशेष गरी अमेरिकाले हवाई आक्रमणमा आफ्ना भूमिका बढाउँदै जान फ्रान्स र बेलायतले आह्वान गरेका छन्। तर अमेरिका यसको विपक्षमा देखिएको छ ।