जापान घुम्ने विदेशीको संख्यमा आधा ५०.३ प्रतिशतले गिरावट

Pictures of the Senganen Gardens in Kagoshima, Japan
Picture of the Senganen Gardens in Kagoshima, Japan – Photo courtesy of the International Tourism Center of Japan (ITCJ)

 

जापानको पर्यटन विभागका अनुसार, मार्च महिनामा जापान घुम्ने जाने विदेशीको संख्या तीन लाख 52 हजार आठ सय मात्र पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ५०.३  प्रतिशतले कम हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट भएको बताइएको छ ।

                मार्च महिनाको एघार तारिखका दिन पूर्वी जापानमा गएको भूकम्पले त्यहाँको पर्यटनकीय क्षेत्र र यातायात सेवामा गम्भीर असर पुर्‍याएको छ । फुकुशिमा डाइचि आणविक केन्द्र विष्फोट हुनाका साथै केही मुलुकहरुले आफ्ना नागरिकलाई जापान नजान अनुरोध गरेकाले जापानमा घुम्ने जाने विदेशी पर्यटकको संख्यमा ठूलो गिरावट आएको हो । मार्च बाह्रदेखि तेईस तारिकका दिनसम्म विदेशी पर्यटकको संख्या 73 प्रतिशतले घटेको जनाइएको छ।

               प्राप्त तथ्यांकअनुसार, मार्च महिनामा जापान घुम्न जाने दक्षिण कोरिया, चीनको मुख्यभूमी र अमेरिकाका पर्यटकको संख्या पनि रुपमा लगभग पचास प्रतिशतले घटेको छ।