अर्घाखाँची टाईम्स यूएई डेस्क- नेपाल कम्युनिष्ट पार्टी ए.माओबादीका स्थायी समिती सद्स्य तथा भौतिक योजना तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाझी आज अर्घाखाँची को सन्धिखर्कमा पुगेका छन ।
उनी अर्घाखाँचीको चाक्ला,सिद्दरा,भालुवाङ मोटर बाटोको उद्घघाटन लगायत बिभिन्न कार्यक्रममा सहभागी हुन जिल्लामा आएका हुन।जिल्लामा छदा उनले निर्माण कार्य पुरा भएका योजनाको उद्घघाटन गर्ने पूर्वयोजना रहेको जानकारी हामीलाई प्राप्त भएको छ ।
अर्घाखाँची क्षेत्र नम्बर १ बाट एमाओवादी को तर्फ देखी सविंधान सभा सभासद बनेका पार्टिका केन्द्रिय सचिवालय सदस्य समेत रहेका रायमाझी मन्त्री भए पछी आफ्नो गृह जिल्ला आएको यो पहिलो पटक हो।
मन्त्री बनेपछी पहिलो पटक आउँदा जिल्ला बासीले ठुलो अपेक्षा राखेका छन।संकटकालमा भत्किएका भवन र तिनको निर्माणको प्रश्न भने आमसर्व साधारणको एउटै प्रश्न भने जिवितै छ ।स्थानिय भन्छन कहिले बन्लान भत्काईएका भवन? यदपी उनैको कार्यकालमा सबै काम सम्पन्न होलान भन्ने भन्दा पनि केही त सुरु होला भन्ने स्थानियको भनाइ रहेको पाइयो।
टोप बहादुर रायमाझीले मात्र जिल्ला को लागी केही गर्न सक्छ भन्ने जनताको भिड ठुलै भएकोले बिकास निर्माण तथा सम्बन्धित मन्त्रालय आफ्नो जिल्लाका नेताको हातमा रहेकोले सोही सम्बन्धमा मन्त्री बाट अर्घाखाँची जिल्ला बासी धेरै आशा वादी रहेको पाइएको छ ।
जिल्लाबासीले आफ्ना नेता बाट ठुलो आशा राख्नु स्वभाभिक भए पनि दु:खको कुरा केन्द्रको राजनीति र संबिधान निर्माणको मुख्य कामनै ओझेलमा रहेकोले ठुलो आशा राख्नु ब्यर्थ हुन सके पनि नेताहरुले जिल्लाको लागी केही त गर्नै पर्छ भन्ने मान्याताका आधारमा यो कुनै भ्रमको कुरा नभै जिल्ला को लागी महत्वपुर्ण साबित हुन सक्ने बिश्लेशक हरुको भनाइ रहेको छ।